फाइल तस्बिर
काठमाडौं– शुक्रबार राति भएको वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चिवनका अनुसार इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोला भन्ने स्थानमा ढुङ्गा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको हो।
पहिरोका कारण सडक अवरुद्ध हुँदा चितवन (नारायणगढ)बाट काठमाडौं तथा पोखरा आउने र काठमाडौं तथा पोखराबाट चितवन (नारायणगढ) जाने सवारीहरु बीच बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले अहिले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।