सोलुखुम्बु– शुक्रबार रातिदेखिको अभिरल वर्षासँगै पहिरो जाँदा सोलुखुम्बुको नेले–सल्लेरी सडक अवरुद्ध भएको छ।
सडकमाथिबाट पहिरोसहित ठूल्ठूला ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
अहिले प्रहरी चौकी नेले र अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरी टोलीसहित स्थानीयले बाटो खुलाउने प्रयास गरिरहेका प्रहरीले जानकारी दिएको छ।
यसअघि बिहीबार राति गएको पहिरोले पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। बिहीबार राति गएको पहिरो पन्छ्याएर यातायात सुचारु गरिएकोमा शनिबार बिहान पुन: पहिरो गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।