काठमाडौं– बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढाइएको छ। बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि भएको जनाएको छ।
बागमती प्रदेशमा नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्मको २० रुपैयाँ कायम गरिएको छ। त्यस्तै १० किलोमिटरसम्मको भाडा बढेर २७ रुपैयाँ पुगेको छ।
१५ किलोमिटरसम्मको भाडा ३२ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ बनाइएको छ।
विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबाहक सवारी साधन र ट्याक्सीको भाडा भने यथावत राखिएको सूचनामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।