काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्द आचार्य सवार गाडी बारामा दुर्घटना भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार बाराको कोहल्वीमा उनी सवार गाडी दुर्घटना भएको हो।
दुर्घटनामा परेका आचार्य भने सकुशल रहेको प्रवक्ता राईले नेपाल लाइभलाई जानकारी दिए। जनकपुरबाट फर्कने क्रममा एआईजी आचार्य सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।