काठमाडौं– अभिनेत्रीको रुपमा आफ्नो परिचय बनाएकी बेनिशा हमालले निर्देशनमा डेब्यु गरेकी छिन्। उनले ‘मिसिङ ब्राइड’ नामक सर्ट फिल्ममार्फत निर्देशनमा हात हालेकी छिन्।
सामाजिक सञ्जालमार्फत आफूले निर्देशन गरेको फिल्मको पोस्टर सार्वजनिक गर्दै बेनिशाले यो अनुभव निकै सुखद भएको बताएकी छिन्।
आफ्नो पहिलो प्रयासमा फिल्ममा संलग्न रहेका कलाकारहरुले दिएको साथ र सहयोगले आफूलाई सुखद अनुभव भएको उनले बताएकी छिन्।
बेनिशाको ‘मिसिङ ब्राइड’मा मुख्य कलाकारका रुपमा वर्षा राउत र विवेक सिंह ठकुरीको अभिनय रहेको छ। सार्वजनिक गरिएको पोस्टरमा दुलहीको भेषमा वर्षालाई देख्न सकिन्छ।
फिल्मको कथा पनि बेनिशा आफैंले लेखेकी छिन्। शिवराम श्रेष्ठले खिचेको फिल्मलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्। फिल्म मौरी पिक्चर्सको ब्यानरमा तयार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।