काठमाडौं– शुक्रबारबाट बहुप्रतिक्षित हिन्दी फिल्म ‘शमशेरा’ प्रदर्शनमा आएको छ। रणविर कपुर मुख्य भूमिकामा रहेको फिल्म शुक्रबारदेखि सिनेमा हलमा प्रदर्शनमा आएको हो।
१८ औं शताब्दीको कथावस्तुमा आधारित रहेको यो फिल्ममा आदिवासीको स्वतन्त्रता र सम्मानका लागि गरेको संघर्षको कथालाई समेटिएको छ।
फिल्ममा रणविर कपुरले दुई भूमिका निभाएका छन्। उनी बाबु र छोराका रुपमा शमशेरा र बल्ली नामक पात्रको भूमिकामा देखिएका छन्।
फिल्ममा रणविरसँगै सञ्जय दत्त र बानी कपुर मुख्य भूमिकामा छन्। सञ्जयले फिल्ममा मुख्य खलनायक दरोगा सुद सिंहको भूमिका निभाएका छन् भने अभिनेत्री बानी कपुर सोनाको भूमिकामा फिल्ममा देखिएकी छिन्।
यी बाहेक फिल्ममा आशुतोष राना, सौरभ सुक्ला, रोनित रोयलगायतका कलाकारको अभिनय रहेको छ।
करण मल्होत्राको निर्देशन रहेको यो फिल्मलाई याशराज फिल्म्सले निर्माण गरेको छ। फिल्मको कथा निलिश मिश्रा र खिला विष्टले लेखेका छन् भने यसको संवाद पियुष मिश्राको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।