काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत रिक्त रहेका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि विश्वविद्यालयले दरखास्त आह्वान गरेको हो।
ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ एडुकेसन र ग्रयाजुएट स्कुल अफ हेल्थ साइन्सेसका डिनहरू, अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको कार्यकारी निर्देशक, स्कुल अफ म्यानेजमेन्टको कार्यकारी निर्देशक, अनुसन्धान तथा विकास केन्द्रको निर्देशक, स्कुल अफ लको कार्यक्रम निर्देशक माग गरेको छ।
यस्तै, तिला कर्णाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखका लागि पनि विश्वविद्यालयले आवेदन माग गरेको छ। योग्यता पुगेका नेपाली नागरिकले ३५ दिनभित्र अनलाइनमार्फत आवेदन बुझाउन सक्ने विश्वविद्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।