डोटी–डोटीको प्रहरीचौकी डौडमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बिहीबार दिउँसो सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा एकाएक बिरामी परी बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो।
धामीलाई अहिले उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। धामीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।