काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले मुर्मूलाई बधाई दिएका हुन्।
‘नेपाल सरकार र जनताका तर्फबाट म श्रीमती द्रौपदी मुर्मुलाई भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छुु, देउवाले भने, ‘नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाई लिनेछ भन्नेमा म विश्वस्त छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।