चितवन–पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो (विङ्गनर) ठक्कर खाँदा १६ जना घाइते भएका छन्।
काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको माइक्रो गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएका हुन्।
दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका हुन्। उनीहरुको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने माइक्रोका चालक घाइते भएका छन्। उक्त दुर्घटना बिहीबार साँझ ५ः२० बजे भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।