काठमाडौं–यती एयरलाईन्सका पाँचवटा जहाजले मात्रै २०२२ को नौ महिनामा दुई अर्ब ७५ करोड ३० हजार रुपैयाँको व्यवसाय गरेका छन्।
कम्पनीले पाँचवटा एटीआर ७२–५०० जहाजको हवाई सेवाबाट यो रकम बराबरको व्यवसाय भएको रेटिङ एजेन्सी इक्रा नेपालले जानकारी दिएको छ।
२०२१ मा कम्पनीले एक अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको थियो। २०२० मा कम्पनीले दुई अर्ब ६६ करोड, २०१९ मा तीन अर्ब ४३ करोड र २०१८ मा तीन अर्ब १३ करोड ५० लाख रुपैयाँको बराबरको व्यवसाय गरेको थियो।
अहिलेको अवस्थामा कम्पनीले २५ प्रतिशत हवाई उडान बजार ओगटेको छ। २०२२ को नौ महिनामा कम्पनीको औषत मासिक आम्दानी ३० करोड ५० लाख रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।