काठमाडौं– विदेशमा रहेका श्रमिकहरूलाई कोषको दायरामा ल्याउन सामाजिक सुरक्षा कोष र एनआरएनएबीच समझदारीपत्रमा हस्तक्षर भएको छ। बिहीबार एक कार्यक्रमकाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दैनिक बढ्दै गइरहेको छ। करिब ४२ लाख नेपालीहरु खाडी मुलुक, मलेशिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेका छन्, भने बर्सनि करिब चार लाख संख्याको हाराहारीमा देशका युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजागर विभागको तथ्यांकले देखाएको छ।
त्यसैले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउन सकिने विश्वास लिइएको उक्त समझदारी पत्रमा उल्लेख गरिएको छ।
यस्तो छ सामाजिक सुरक्षा कोष र एनआरएनएबीच भएको समझदारीपत्र


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।