काठमाडौं– काठमाडौंको चाबहिलस्थित चुरोट, गुटखा गोदाममा प्रहरीले छापा मारेको छ।
अवैध सामान भण्डारण गरेर राखेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको हो।
गोदामबाट चुरोट, गुटखा, पटका लगायतका १ करोड रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।
भन्सार छलेर सामान ल्याएर भण्डारण गरेको आरोपमा पर्सा घर भएका छविलाल अगस्ती पक्राउ पनि परेका छन्। अवैध सामानसहित पक्राउ परेका अगस्तीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।