काठमाडौं– सार्वजनिक बिदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृह मन्त्रालयले निर्देशन जारी गरेको छ।
सार्वजनिक बिदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी विभिन्न व्यक्तिहरुले समेत खोस्न थालेपछि गृहले यस्तो निर्देशन जारी गरेको हो।
सार्वजनिक बिदाको दिन गुडाइएका सरकारी सवारी साधनका चाबी विभिन्न समूहको नाममा खोस्ने, रोक्ने काम भएकाले त्यस्तो नगर्न गृहले निर्देशन जारी गरेको छ।
सुरक्षा निकायले प्रयोग गर्ने, सरकारी एम्बुलेन्स, दमकल र झण्डावला गाडीहरुको चाबी खोस्ने काम भएको भन्दै गृहले त्यसो नगर्न निर्देशन जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।