काठमाडौं– यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमति पत्रका लागि आज बिहीबार तय गरेको लिखित परीक्षा स्थगित भएको छ।
यातायात व्यवस्था विभागको सिंहदरबारस्थित जीआईडीसी सर्भरमा समस्या देखिएपछि परीक्षा स्थगित गरिएको यातायात कार्यालय ठूलो भर्याङले जनाएको छ।
बिहीबारका लागि तय भएको लिखित परीक्षा भोलि शुक्रबार बिहान ७ बजेदेखि सुरु हुनु सूचनामा उल्लेख छ। परीक्षा कार्यालय परिसर ठूलो भर्याङमा नै हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।