काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौंमा उपत्यकामा एकैदिन दुई हजार २० सवारी साधनलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार ती सवारी साधनललाई कारबाही गरेको हो।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ प्रयोग गरि चलाएका ५०, लेन अनुशासन पालना नगर्ने ६४, ट्राफिक बत्ती पालना नगर्ने ७४ सवारी साधनलाई कारबाही गरिएको हो।
यस्तै, नम्बर प्लेट मेटिएका, नदेखिएका लगायतका ४१ र अन्य १७९१ गरि जम्मा २०२० सवारी साधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।
मंगलबार २३६०, सोमबार २०८० र आइतबार १९०८ सवारी साधन कारबाही परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।