काठमाडौं–थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीले समता विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। त्यस्तै कार्कीले समता अस्पताललाई पनि एक लाख सहयाेग गरेका छन् ।
समता विद्यालयमा अध्ययरत विद्यार्थीहरुको शैक्षिकस्तर सुधारका लागि खर्च गर्न उनले उक्त रकम सहयोग गरेका हुन्।
बर्मामा जन्मिएर थाइल्याण्डमा व्यवसाय गर्दै आएका कार्कीले नेपालका विद्यार्थीहरुलाई सहयोग गरेका हुन्। समता विद्यालयका अध्यक्ष उत्तम सञ्जेललाई कार्कीले रकम हस्तान्तरण गरे।
विद्यार्थीलाई हौंसला दिँदै कार्कीले शिक्षा सबैभन्दा ठूलो उज्यालो भएकाले त्यसलाई पछ्याएर हिड्नुपर्ने बताए। कार्कीले म्यानमारमा धेरै नेपाली विद्यार्थीहरुलाई शिक्षा दिने भन्दै समता विद्यालय सुरुवात गरिएको तर कोरोनाले गर्दा निरन्तरता पाउन नसकेको बताए। उनले अब छिटै म्यानमारमा पनि नेपाली मूलका मानिसहरुलाई नेपाली शिक्षा पढाउन सहयोग गर्ने बताए।
अखिल म्यान्मा देशीय गोर्खा धार्मिक संघका महासचिव डिपी पाण्डेले नेपालमा शिक्षाको विकास भएको देखेर म्यानमारमा पनि केही गर्ने हौसला मिलेको बताए। उनले नेपालीहरुको धर्म,संस्कृति र कला रक्षाका लागि नेपाली मुलका मानिसहरुलाई शिक्षा दिन आफू लागिपर्ने बताए।
म्यानमारमा समता स्कूल स्थापना गर्न जग्गा भाडा, शिक्षक तलब, विद्यार्थीहरुको पोसाक, पुस्तक लगायतलाई लाग्ने सम्पूर्ण खर्च कार्की एक्लै व्यहोरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।