काठमाडौं–सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुन नहुने बताएका छन्। बुधबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री चौधरीले पलायन रोकेर नेपालमै काम गर्ने वातावरण बनाउने बताए।
उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यसलाई त्याग्न विद्यार्थीहरुलाई आग्रह गरे। मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको भएकोले सो जिम्मेवारी पूरा गर्न पनि मन्त्री चौधरीले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।