काठमाडौं– झापाको बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पधाधिकारी र कर्मचारीले गाउँपालिकाको रकमबाट व्यक्तिगत प्रयोजनका लागि ‘स्मार्ट फोन’ खरिद गरेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार पदाधिकारी र कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि पालिकाको कोषबाट १३ लाख रुपैयाँ खर्चेर स्मार्टफोन खरिद गरेको पाइएको हो।
उक्त फोन खरिदका लागि खर्च भएको १३ लाख ९ हजार रुपैयाँ नियमविरीत भएको भन्दै महालेखाले फिर्ता गर्न निर्देशन दिएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए।
महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ।
ऐनमै नभएको सुविधावापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।