काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
ट्रेलरमा श्रीमान बेपत्ता भएपछि एक्ली आमा र छोराको जीवनलाई प्रस्तुत गरिएको छ। फिल्ममा दिया मास्केले सीताको र अभिनेता प्रदीप खड्काले प्रकाशको भूमिका निभाएका छन्।
शिक्षक बन्नका लागि प्रकाशले गरेको संघर्षको झल्को ट्रेलरमा देखिन्छ। फिल्मको ट्रेलरमा मुख्य कलाकार प्रदीप खड्का र दिया मास्केसँगै राजन खतिवडा रानु योगी, प्रकाश घिमिरेलगायत समेटिएका छन्। सँगै फिल्ममा अम्जद प्रवेज, देवकुमार श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
राउतको निर्देशन रहेको फिल्मलाई विकास सुवेदीले लेखेका छन् भने महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।
फिल्ममा सहायत निर्माताका रुपमा अनिल मानन्धर र पिकेश मानन्धरको लगानी रहेको छ। राजेश श्रेष्ठले खिचेको फिल्मलाई जीवन थापाले सम्पादन तथा रंग संयोजन गरेका छन्। फिल्म भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ।
हेर्नुहोस ट्रेलरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।