• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ललितपुरमा सहकारीका अध्यक्षले म्यानेजरलाई फसाउन स्कुटरको डिकीमा राखे पेस्तोल

64x64
नेपाल लाइभ सोमबार, साउन २, २०७९  २१:१०
1140x725

काठमाडौं–ललितपुरमा एक सहकारीका अध्यक्षले आफ्ना म्यानेजरलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेको खुलेको छ। गत असार १३ गते स्कुटरको डिकीबाट पेस्तोलसहित पक्राउ परेका लुभु ८ बस्ने श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यो तथ्य खुलेको हो।  

यो प्रकरणमा प्रहरीले ललितपुर महालक्ष्मी ८ लुभु बस्ने ४३ वर्षीय अनिल श्रेष्ठ र सोही स्थानका ५० वर्षीय अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ। 

श्यामकृष्ण श्रेष्ठलाई भने हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ। 
घटना के थियो?
गत असार १३ गते दिउँसो साढे २ बजे श्यामकृष्ण श्रेष्ठ चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीबाट २ राउण्ड गोलीसहितको पेस्तोल बरामद भएको थियो। पेस्तोलसहित प्रहरीले श्यामकृष्णलाई पक्राउ गरेको थियो। 

तर प्रहरीले अनुसन्धान गर्दै जाँदा अर्कै तथ्य फेला पा¥यो। प्रहरीका अनुसार अभियुक्त अनिल श्रेष्ठ सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, अख्खनदास श्रेष्ठ निवर्तमान उपाध्यक्ष र श्यामकृष्ण सोही संस्थाका व्यवस्थापक थिए। 

अनिल श्रेष्ठले सर्लाही घर भई हाल लुभू बस्ने एक महिलालाई भगाई दोस्रो विवाह गरेपछि उनीहरु दुवैविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा बहुविवाह मुद्धा दर्ता भएको थियो। अनिलले भगाएका महिलाका पूर्वपति र सहकारीका व्यवस्थापक (म्यानेजर) श्यामकृष्ण श्रेष्ठ मिल्ने साथी भएकाले श्यामकृष्णले अनिल श्रेष्ठविरुद्ध अदालतमा समेत साक्षी बकपत्र गरेका थिए। सो प्रकरणपछि अनिलले श्यामकृष्णलाई भित्री रुपमा दुश्मनका रुपमा लिएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

अनिल श्रेष्ठले आफू अध्यक्ष रहेको सहकारी संस्थाटै आफ्नो र परिवारका नाममा २ करोड ९५ लाख कर्जा निकालेकोमा त्यसको ब्याज तथा साँवा रकमसमेत नतिरी कर्जा अनियमित गरेका थिए। त्यसपछि म्यानेजर श्यामकृष्णले कर्जा चुक्ता गर्न अनिललाई पटक–पटक ताकेता गर्दै आएका थिए। यहीकारण दुवै जनाबीच मनमुटाव थियो। 

श्यामकृष्ण श्रेष्ठ पक्राउ परेको मिति असार १३ गतेभन्दा पहिले पनि अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली छ भनि सूचना दिएका थिए। त्यतिबेला प्रहरी परिचालन गरिएकोमा उक्त नम्बरको स्कुटर ललितपुर प्रहरी टोलीले फेला पारेको थिएन।

गत जेठ २५ गते अनिल श्रेष्ठ उक्त सहकारीमा गए र आफैं सहकारी कार्यालयको पार्किङ एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट उक्त हतियार निकाले। अनिलको यो हर्कत सोही सहकारीमा जडित सीसीटीभीमा देखियो। 

त्यसपछि असार १३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश ३-०२-०१२प ६२४१ नम्बरको स्कुटर चढी लगनखेलस्थित मालपोत कार्यालयमा जान भनि हिडे। अनिल श्रेष्ठले भने प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार छ भनी सूचना दिए। अनिल आफैंले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेशन जानकारी गराई लगातार अपराध (अवैध हतियार) को सूचना दिएको प्रहरीले जनाएको छ। 

श्यामकृष्णले चढ्ने स्कुटर सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको थियो। उक्त स्कुटर एक वर्षदेखि श्यामकृष्णले चढ्दै आएको भए पनि उक्त स्कुटरको अर्को साँचो पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठसँग हुन्थ्यो। अख्खनले करिब २५ दिन अगाडि साँचो अनिल श्रेष्ठलाई दिइसकेको बताएको हुँदा अनिलले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको प्रहरीको भनाइ छ। 

पूर्वरिसइबी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असरसमेतका कारण श्यामकृष्ण श्रेष्ठलाई फसाउन अभियुक्त अनिल श्रेष्ठले आपराधिक षडयन्त्र गरेको देखिन आएकाले उनीहरुलाई पक्राउ गरिएको र श्यामकृष्ण श्रेष्ठलाई हाजिर जमानीमा छाडी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्