काठमाडौं– ‘चिसो मान्छे’, ‘आमा’जस्ता ‘सफल’ फिल्मकी निर्माता शर्मिला पाण्डे नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। पाण्डेले आज (सोमबार) एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै पार्टी प्रवेश गर्ने विषयमा छलफल गरेकी छन्।
पाण्डेले सोमबार ओलीसँग भेट्दै राष्ट्रियता, देशको राजनीति र चलचित्रका विषयमा छलफल गरेको बताइन्। सँगै एमाले अध्यक्ष ओलीको कुरा सुन्दा राजनीतिप्रति थप रुचि बढको पाण्डेको भनाइ छ।
मंगलबार ओलीसँग भेटेर पार्टी प्रवेश गर्ने विषयमा छलफल गरेकी पाण्डेले आगामी हप्ता एमाले प्रवेश गर्ने कार्यक्रम छ।
यसअघि कलाकारिता क्षेत्रबाट गायिका कोमल वली, अभिनेत्री करिश्मा मानन्धर लगायत एमाले प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।