काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना दरखास्त स्वीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै बोर्डको अध्यक्षका लागि छानिएका १० उम्मेदवारहरुको औपचारिक सूची सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको सुचनामा अभिनेता तथा निर्माता भुवन केसी, अरुण कुमार प्रधान, दिपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन्।
मन्त्रालयले उम्मेदवारहरुको दरखास्त स्वीकृत भएको जानकारी दिँदै यो सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूचनामा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान केही समयपछि तोकिने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।