काठमाडौं–काठमाडौं महानगरपालिकाको वडा नम्बर-५ गहनापोखरीमा भक्तजनले चढाएको गहना चोरी भएको छ। चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कमलपोखरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। चोरीमा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ।
असार २२ गते गहनापोखरीमा भक्तजनले चढाएको १० तोला सुनका गरगहना, चाँदीका थाली तथा कलसगायत सामानहरु चोरी भएका थिए। चोरी भएका केही सामान बरामद भएपनि केही भने अझै बरामद हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।