• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जसले भारत गएर मिर्गौला बेचे, उनैले अरुलाई पनि बेच्न सिकाए, निशानामा सडक बालबालिका

64x64
नेपाल लाइभ आइतबार, साउन १, २०७९  १७:२५
1140x725

काठमाडौं– दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ का ३२ वर्षीय विमलबहादुर शाही यस्ता पात्र हुने जसले आफ्नै राजीखुसीमा भारत गएर एउटा मृर्गौला बेचे। विधान र हिमाल उपनामले चिनिने रामेछापको मन्थली नगरपालिका–५ का २८ वर्षीय धनबहादुर रोकाले पनि शाहीकै शैली अपनाउँदै मिर्गौला बेचे। 

यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अब अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्‍याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध ठानिएको मिर्गौला बेच्न धन्दा नै चलाउन थाले। मानव बेचबिखन अनुसन्धान ब्यूरोले यी दुई पात्रसहित पाँच जनालाई गरेपछि मिर्गौला बेच्ने गिरोहको पर्दाफास भएको छ।

यी दुई गिरोहसँगै ब्यूरोले गुल्मीको तम्घास नगरपालिका–२ का ३१ वर्षीय विजय कुँवर, झापाको पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय छाटे भनिने आशिष तामाङ र दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ का २८ वर्षीय धुपेनद्र शाहीलाई पक्राउ गरेको छ। 

यो गिरोहले विशेषगरी काठमाडौंका सडक बालबालिकालाई लक्षित गरेर भारत पुर्‍याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ। गरिब, अशिक्षित र पैसाको खाँचो परेका व्यक्ति खोज्ने र उनीहरुलाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गर्ने गरेको ब्यूरोका प्रवक्ता तथा एसपी दानबहादुर मल्लले जानकारी दिए।

धनबहादुर रोका र विजय कुँवरले पक्राउ परेका तीन जनालाई परिचालन गरेर काठमाडौंका सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाएर मिर्गौला दिन उक्साउने काम गर्न लगाएका थिए। 

सडक बालबालिकासँग चिनजान गर्ने, उनीहरुलाई सहयोग गरेजस्तो र फकाएर एउटा मिर्गौला बेच्दा केही नहुने भनेर आश्वास दिने गरेको पाइएको छ। मान्छेको शरीरमा दुर्इवटा मिर्गौला हुने र एउटा दिँदा केही फरक नपर्ने आफूहरुले पनि मिर्गौला बेचेको भन्दै पेटमा चिरिएको भागसमेत देखाएर बेच्न उक्साउने गरेको खुलेको छ। 

यसरी भारतको कलकोत्ता पुर्‍याएर मिर्गौला बेच्ने र त्यस वापत ५ लाख रुपैयाँसम्म पाउने र फर्कदा ५० हजार रुपैयाँसम्मको मोबाइल समेत गिफ्ट पाउने भन्दै यो गिरोहले सडक बालबालिकालाई मिर्गौला बेच्न उक्साउने गरेको एसपी मल्लको भनाइ छ।

यसरी विश्वासमा पारेर काठमाडौंमा रहेका पोलिक्लिनकहरुमा मिर्गौला दाताले गर्नुपर्ने सबै जाँचका कामहरु गरेर भारत लैजान लागिएको अवस्थामा प्रहरीले सुरुमा असार १५ गते तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाको बयानको आधारबाट थप दुई जनालाई असार २८ गते पक्राउ गरिएको हो। 

Ncell 2
Ncell 2

पक्राउ परेकाहरु मध्ये धनबहादुर रोका यसअघि आफैं मिर्गौला बेचेर मिर्गौला प्रत्यारोपरणका लागि मोलमोलाइ गर्ने व्यक्ति रहेको खुलेको छ। मिर्गौला ग्रहणकर्ताको आवश्कता अनुसारको मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने काम रोकाले गरेका थिए। मिर्गौला बेच्न मान्छे खोज्ने आफ्ना सहयोगीलाई उनले भूमिका अनुसारको पैसा समेत दिने गरेका थिए।

उनै रोकाले मिर्गौला बच्ने मान्छेलाई भारतसम्म पुर्‍याउने मिर्गौला बेचिसकेपछि पुनः नेपाल फिर्ता ल्याउने गरेको समेत अनुसन्धानबाट खुलेको छ। 

कुँवर भने रोकाको निर्देशनमा ग्रहणकर्ता कुन रगत समूहको मिर्गौला आवश्यक भएको छ भनि यकिन गर्ने, मिर्गौला बेच्ने मान्छे खोज्न आफ्ना सहयोगी परिचालन गर्ने व्यक्ति हुन्।

धुपेन्द्र शाही भने रोका र कुँवरको निर्देशनमा बसेर काम गर्ने व्यक्ति हुन्। उनले पीडितलाइ प्रलोभनमा पार्ने र उनीहरुको स्वास्थ्य जाँच गराउने व्यक्ति भएको पाइएको छ। 

बिमलबहादुर शाही र तामाङले भने मिर्गौला बेच्ने मान्छे खोजी गर्ने, उनीहरुलाई प्रलोभनमा पार्ने र होटलमा राख्ने व्यक्ति भएको एसपी मल्लको भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
सम्बन्धित सामग्री
झापा-५ र सर्लाही जिल्ला-४ मा उच्च सतर्कता, सादा पोसाकमा प्रहरी परिचालन यसक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भर्चुअल माध्यमबाट मातहतका युनिट प्रमुखहरूलाई निर्देशन दिँदै ती क्षेत्रमा विशेष सतर्कत... सोमबार, फागुन १८, २०८२
प्रेम सम्बन्धका कारण युवकको हत्या, प्रेमिकाका दाजुसहित तीन जना पक्राउ घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रू... शनिबार, फागुन १६, २०८२
निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ले निर्वाचन अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि उपलब्ध साधन स्रोतको अधिकत... बुधबार, फागुन १३, २०८२
ताजा समाचारसबै
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश मंगलबार, फागुन १९, २०८२
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन मंगलबार, फागुन १९, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि मंगलबार, फागुन १९, २०८२
यी परिचय पत्र देखाए मतदान गर्न पाइनेछ मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्