काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्।
मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले टोखाबाट होटल सञ्चालक २८ वर्षीया चिनिमाया लामा लिम्बुलाई पक्राउ गरेको हो।
खाजाघरमा अन्य ४/५ वटा कोठा भाडामा लिएर नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दानबहादुर मल्लले बताए।
होटलमा आउने ग्राहकहरुसँग १ हजार रुपैयाँका दरले रकम लिएर लिम्बुले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप प्रहरीको छ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।