काठमाडौं–राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा कुलदीप थापाको बढुवा भएको छ। कन्ट्रोलमा कार्यरत रहेका थापालाई सरकारले एआईजीमा बढुवा गरेको हो।
थापा आउँदो साउन ३ गते अनिवार्य अवकाशमा जाँदैछन्। गत वैशाख १० गते एआईजी यादव रेग्मी अनिवार्य अवकाशमा गएदेखि नै खाली भएको दरबन्दीमा साढे २ महिनापछि थापालाई बढुवा गरिएको हो।
भर्खरै बढुवा भएका थापाले जम्माजम्मी ३ दिनमात्रै कार्यकाल सम्हाल्ने पाउनेछन्। पहिलो नम्बरमा सिनयर डीआईजी हुतराज थापा हुँदाहुँदै उनलाई पन्छाएर सरकारले कुलदीपलाई बढुवा गरेको हो।
कुलदीप बाहेक प्रतिस्पर्धी अन्य डीआईजीलाई एआईजीमा बढुवा गरेको भए आगामी भदौ २३ गतेपछि गुप्तचरको कमाण्ड उनैले सम्हाल्ने पाउँथे । तर साढे दुई महिनासम्म सत्ता गठबन्धन दलमा कुरा नमिलनेपछि अवकाशमा जान लागे कुलदीपलाई सरकारले एआईजी बनाएर घर पठाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।