काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने मुख्य नेतृत्वलाई नै पहिले कारबाही गर्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केसीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका हुन्।
उनले अन्यत्र भोट हाल्न सिकाउने देउवा र पौडेल नै भएको भन्दै पहिले उनीहरुलाई नै कारबाही हुनुपर्ने बताए।
उनले भने, ‘चुनावमा असहयोग गर्नेलाई कारबाहीको कुरा उठेको छ। गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिले शेरबहादुरजी र रामचन्द्रजीलाई नै गर्नुपर्छ। किनभने उहाँहरुले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको।’
उनले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेस विभाजित हुन नहुने बताए। पार्टी सभापतिले नै सबै नेता कार्यकर्तालाई एक बनाएर अघि बढ्नुपर्ने नेता केसीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।