काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मिनाक्षी झाले प्रदेश २ मा कांग्रेस सिध्याउन खोजेको हो भन्दै केन्द्रीय नेतृत्वलाई प्रश्न गरेकी छन्। कांग्रेस केन्द्रीय कार्यसमितिमा बोल्दै केन्द्रीय सदस्य झाले पार्टी सभापति शेरबहादुर देउवालाई यस्तो प्रश्न गरेकी हुन्।
उनले प्रश्न गरेकी छन्, ‘प्रदेश २ मा कांग्रेस सिध्याउन खोजेको हो? हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजियो। तराईमा कांग्रेस चाहिँदैन सभापति ज्यू?’
उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको बलियो उपस्थिति रहेको जनकपुरमा कांग्रेसकै उम्मेदवारलाई टिकट नदिएर पार्टीले अन्याय गरेको बताइन्।
उनले भनिन्, ‘जसपा लगायत क्षेत्रीय पार्टीसँग भिड्नुछ। कांग्रेस बनाउन हामी लागेका छौं। तर, हाम्रै जनकपुरमा हामीबाट टिकट खोसेर जसपालाई दिइयो। अब भोलिका दिनमा तिनै प्रतिस्पर्धीसँग हामी कसरी लड्ने? के तराईमा कांग्रेस सिध्याउन खोजेको हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।