काठमाडौं- राप्रपा नेपालले चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ।
पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार रिट दर्ता गराएका हुन्। पार्टी महामन्त्री राजेन्द्र बर्तौलाले चुनाव चिह्न ‘गाई’ माग गर्दै रिट दर्ता भएको बताए।
बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने उनले बताए। निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको हो।
राप्रपासँग एकीकरण हुनु अघि राप्रपा नेपालको चुनाव चिह्न गाई थियो। गत स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले राप्रपा नेपाललाई तीर चुनाव चिह्न उपलब्ध गराएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।