काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिने भएका छन्।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो।
सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए। बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए।
केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठब बिहीबार नै सक्ने तयारी छन्।
बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकताका बारेमा धारणा राखेको महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।