काठमाडौं- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकमा रिक्त ३६ पदमा बढुवा सिफारिस गरिएको छ।
बढुवा समितिको बुधबार बसेको बैठकले ३६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेलधुरा दरबन्दी भएका डीएसपी देवेन्द्र बहादुर पाल रहेका छन्। त्यस्तै दोस्रोमा सिताराम रिजाल र तेस्रोमा भिमकिरण बोगटी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।