काठमाडौं– नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले हतियार खरिद प्रकरणमा बालुवाटार (प्रधानमन्त्री निवास)बाटै प्रहरीलाई बद्नाम बनाउने खेल भएको टिप्पणी गरेका छन्।
बुधबारको प्रतिनिध सभा बैठकमा बोल्दै अधिकारीले प्रहरीले हतियार नमागेको, तर जबरजस्ती बालुवाटारबाट विज्ञप्ति निकाल्न लगाएर प्रहरीलाई बद्नाम बनाउने खेल भएको आरोप लगाए।
‘प्रहरीलाई बद्नाम बनामउने खेल भएको छ। एमालेले संसद्मा कुरा उठाइसकेपछि रातारात बालुवाटारमा बोलाएर प्रहरीलाई विज्ञप्ति निकाल्न लगाइएको छ। प्रहरीले मागेको हो भन्ने पार्नका निम्ती विज्ञप्ति निकाल्न लगाइएको हो,’ अधिकारीले भने।
यसबारे संसद्मा प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको बताए। ‘कुन कुन डेटमा क–कसले माग गरे, कुन कुन मूल्यमा कसरी किन्न लागिएको हो? यो खरिद गर्न आवश्यक हो कि होइन? यसको औचित्य पुष्टि गर्न गर्नु पर्दैन?’ अधिकारीले भने।
इटालीको बद्नाम बरेटा कम्पनीसँग नै किन हतियार खरिद गर्न परेको भनेर पनि अधिकारीले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।