काठमाडौं– तीज आउन केही महिना अझैं बाँकी रहँदै सार्वजनिक भएको भगिरथ चलाउनेको तीज गीत भने निकै चर्चामा आएको छ। गत साता सार्वजनिक भएको ‘झमक्क झम्कना’ बोलको गीत अहिले युट्युबदेखि टिकटकजस्ता सामाजिक सञ्जालमा चर्चामा रहेको छ।
भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले गाएको उक्त गीत सार्वजनिक भएसँगै चर्चा हुन सुरु गरेको थियो। केही दिनभित्रै युट्युबको ट्रेण्डिङमा पुगेको उक्त गीत हाल शीर्ष स्थानमा छ। सार्वजनिक भएको एक साता पूरा हुन लाग्दा गीतमा ११ लाखभन्दा धेरै भ्युज प्राप्त भएको छ।
गीतलाई बोमबहादुर गहा मगरले लेखेका छन् भने गायक चलाउनेकै संगीत छ। विनोद बाजुरालीले गीतलाई एरेञ्ज गरेका छन्।
गीतको भिडियोमा गीता ढुंगाना र गायक चलाउनेले नै अभिनय गरेका छन्। निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टको रहेको गीतलाई राजेश घिमिरेले खिचेका छन् भने विष्णु शर्माले यसको सम्पादन गरेका छन्।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।