काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको पहिलो बैठक सिंहदरबारमा बसेको छ।
बैठकले समितिको कार्यविधि पारित गरेको छ। बैठकमा प्रस्तुत कार्यविधिको मस्यौदा छलफलपछि पारित गरिएको संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
मंगलबारको बैठकमा सभापति भने चयन हुन सकेन। समिति सदस्यहरुले सकेसम्म सर्वसम्मतिले सभापति चयन गर्ने भन्दै गृहकार्य गर्ने भएका छन्।
समितिको अर्को बैठक बुधबार साढे २ बजे सिंहदरबारमा बस्नेछ। बैठकपछि आवश्यक कागजपत्र र प्रमाणका लागि अर्थ मन्त्रालयसँग माग गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।