काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववीयूका अध्यक्ष सुदेश पराजुलीसहित विद्यार्थी नेताहरु आमरण अनशनमा बसेका छन्।
त्रिभुवन विश्वविद्यालयमा भएको बेथिती, विसंगतिविरुद्ध भन्दै पराजुलीसहितका विद्यार्थी नेताहरु आमरण अनसनमा बसेका हुन्। उनीहरुले विश्वविद्यालय सुधारका लागि भन्दै विभिन्न १३ बुँदे माग राखेका छन्।
आफूहरु विश्वविद्यालयमा भएको बेथिती, विसंगति विरुद्ध अनसन बसेको अनेरास्ववियूका स्थायी कमिटी सदस्य प्रेम विश्वकर्माले बताए। उनीहरुले उपकुलपतिको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।
उनीहरुले एम फिएल, पिएचडि लाई निरन्तरता दिनुपर्ने, स्ववियुको निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमिस्टार प्रणालीमा पढाई हुँदै आएका संकायमा व्यवस्थित बनाउनु पर्ने, एक विषयको परीक्षामा हलमा पुग्दा अर्को प्रश्नवाली पठाउने जस्ता लापर्वाही नगर्न, त्रिवि सेवा आयोगमा श"न्य नतिजा आएको हुँदा विश्वविद्यालयको गरिमामा आँच पुगेकोले तत्काल छानबिन गर्नुपर्ने, त्रिविका सबै संकायहरु समयअनुसार आवधिक र परिमार्जन गर्नुपर्ने लगायतका माग राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।