काठमाडौं– चर्चित भारतीय नृत्य प्रतियोगिता ‘झलक दिखला जा’ पाँच वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ।
उक्त रियालिटी शो १० औं संस्करणबाट पुनः टेलिभिजनमा कमब्याक हुन लागेको हो। सिजन १० लाई केही समयमै पुनः आयोजना गर्ने कार्यक्रमको निर्माण पक्षले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उक्त कार्यक्रम पाँच वर्षअघिबाट स्थगित भएको थियो। विभिन्न कारणले स्थगित यो चर्चित कार्यक्रम हाल पुनः सञ्चालनमा आउनका लागि आवश्यक प्री–प्रोडक्सन भइरहेको छ।
पुनः प्रसारण हुन लागेको कार्यक्रममा निर्माण पक्षले दुई चर्चित क्रिकेटरलाई सामेल गराउने गृहकार्य पनि सुरु गरेका छन्। भारतीय सञ्चारमाध्यमकाअनुसार उक्त कार्यक्रममा भारतीय क्रिकेटर युवराज सिंह र हरभजन सिंहलाई अप्रोच गरिएको छ।
कार्यक्रममा निर्णायकको रुपमा भने माधुरी दिक्षीत, करण जौहर र नोरा फतेही हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।