काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार ४३९ मतले अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खातीले ८८६ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड्का(कुवँर)ले १ हजार २९० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले ९१९ मत प्राप्त गरेकी छन्।
वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।