काठमाडौं–अभिनेत्री केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्म ‘सिल्ली फो’ को गीत ‘चार इञ्च स्यान्डल’ सार्वजनिक भएको छ। शुक्रबार फिल्मको गीत सार्वजनिक गरिएको हो।
केकी अधिकारी, रविन्द्र झालगायतको अभिनय रहेको फिल्मको यो गीतमा एक युवतीप्रति आकर्षित युवकहरुले आफ्नो प्रेम भावना प्रस्तुत गरेका छन्। पहिरनमाथि जोड दिँदै व्यंगात्मक किसिमले प्रेम भाव प्रकट भएको छ गीतमा।
गीतलाई दिपक लिम्बु र प्रिती आलेले गाएका छन्। राजबहादुर सानेको लेखन रहेको यो गीतमा संगीत पुरुषोत्तम नेउपानेको रहेको छ।
‘सिल्ली फो’ राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्म हो। फिल्ममा केकी र रविन्द्रसँगै धिरेन शाक्य, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्कीलगायत कलाकारको अभिनय रहेको छ। शिव बिकेले खिचेको फिल्मलाई मनोज डिकेले निर्माण गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।