काठमाडौं–नेपाली फिल्म ‘लाखे’को टिजर सार्वजनिक भएको छ। एक्सन विद्यामा आधारित रहेको फिल्मको टिजर शुक्रबार सार्वजनिक भएको हो ।
फिल्ममा सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाहीको मुख्य अभिनय रहेको छ। फिल्ममा नेवारी परम्परामा रहेको ‘लाखे’ नाच नाँच्ने प्ररम्परालाई प्रतिनिधित्व गर्दै कथांकन गरिएको छ। फिल्मको टिजरमा पनि नेवारी परम्परामा आधारित लाखे संस्कृति र त्यसपछिको रहस्यको उद्घोटनमा फिल्म केन्द्रित हुने संकेत मिल्छ।
सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा मल्ल, थापा र शाहीसँगै वर्षा राउत, सुशील सिटौलालगायतका कलाकारको मुख्य अभिनय रहेको छ। हरि मल्ल ठकुरीको लगानीमा बनेको फिल्मलाई सिजन अर्याल र जिएम ठकुरीले निर्माण गरेका छन् भने सुसन प्रजापतीले खिचेका छन्। फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् भने कथा आकाश बरालले लेखेका हुन् ।
लाखे भदौ ३१ बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।