• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक फिर्ताबारे सांसदहरुको प्रश्न–जनतासामु कुन मुख लिएर भोट माग्न जानुहुन्छ? 

64x64
नेपाल लाइभ बिहीबार, असार २३, २०७९  १९:३९
1140x725

काठमाडौं–२०७५ साउन २८ गते पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाएको नागरिकता विधेयकका प्रावधानका विषयमा विभिन्न विवाद सिर्जना भए। राज्य व्यवस्था तथा सुशासन समितिमा दर्जनौ छलफल भए। तत्कालीन केपी ओली सरकारले एक वर्षअघि अध्यादेशको रुपमा जारी गरे पनि सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दियो। 

यहीबीचमा गत असार ८ गते सत्ता गठबन्धनको बैठकले विधेयक अगाडि बढाउने निर्णय गरेपछि लामो समय अड्किएर बसेको विधेयक अघि बढ्ने धेरैको अपेक्षा थियो। नागरिकताविहीनहरुमा नागरिकता पाउने आशा पलाएको थियो। 

तर, यही असार २१ मा बसेको मन्त्रिपरिषद्ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक नै फिर्ता लिने निर्णय गर्‍यो।

सत्तारुढ गठबन्धनबीचको सहमतिपछि विधेयक फिर्ता लिने निर्णय भएको बताइएको छ। लामो गृहकार्य र बहसपछि प्रतिनिधिसभामा पुगेको विधेयक नै फिर्ता लिने सरकारको कदमको विरोध हुन थालेको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले सरकारप्रति आक्रोश पोखे।

यद्यपि कानुनमन्त्री गोविन्द कोइरालाले चाँडै नै अर्को विधेयक संसदमा टेबल गरिने बताएका छन्।

बिहीबारकोे प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा उक्त विधेयक फिर्ता लिने विषयलाई राखिएको थियो। तर अन्तिम कार्यसूचीमा उक्त विषयलाई राखिएन। 

नागरिकता विधेयक फिर्ता लिने निर्णयले राज्यले यसबीचमा गरेको बौद्धिक–आर्थिक लगानी पनि व्यर्थ भएको छ। 

‘जनताको छोराछोरीले कहिले न्याय पाउँछन्’ 
माओवादी केन्द्रकी सांसद दिलकुमारीले जनताका छोराछोरीले कहिले नागरिकता पाउँछन् भनेर सरकारसँग  प्रश्न गरेकी छन्। उनले बाबुआमा नेपाली नागरिक तर छोराछोरी गैरनागरिक रहेकाले यस्तो अवस्था कहिले अन्त्य हुने भनेर पनि प्रश्न गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नागरिकता विधेयक संसदमा कहिले पेस हुन्छ? कहिले जनताका छोराछोरीले नागरिकता पाउँछन्? कहिले न्याय पाउँछन्?’ उनको प्रश्न थियो,‘कस्तो दुर्भाग्य छ, बाबुआमा नेपाली नागरिक, छोराछोरी गैरनेपाली नागरिक, कसरी हुन्छ सभामुख महोदय?’

उनले नेताहरूलाई लक्षित गर्दै यस्तो अवस्थामा कुन मुख लिएर भोट माग्न जानुहुन्छ भनेर सोधेकी थिईन्। उनले भनिन्, ‘माननीयको समय सकिँदैछ, नेताहरू जनतासामु कुन मुख लिएर भोट माग्न जानुहुन्छ?’ 

उनले छिटो विधेयक ल्याएर नागरिकताको विषयमा उठेको मुद्दालाई हल गर्न आग्रह गरिन्। 

राष्ट्रियतामा आँच आउने खालको विधेयक नल्याईयोस् : नवराज सिलवाल
एमाले सांसद नवराज सिलवालले योग्य नागरिकले नागरिकता पाउनु पर्ने, तर अहिले फिर्ता गरेर नयाँ ढंगले ल्याए आफूहरूलाई मान्य नहुने बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर संसदमा ल्याएको विधेयकलाई सरकारले फिर्ता लिने भन्ने कुरा आएको छ,’ उनले भने,‘योग्य नागरिकले नागरिकता पाउनु पर्छ, त्यो हाम्रो पनि माग हो। तर विदेशीको चाहना पूरा गर्न राष्ट्रियतामा आँच आउने गरी नयाँ ढङ्ले व्यवस्था गरेर नागरिकता विधेयक लिएर आउने विषय मान्य हुन सक्दैन।’

सिलवालले दुई विशाल छिमेकी रहेकाले नागरिकताको विषयलाई उदार रुपमा नलिन आग्रह गरे। ‘हाम्रा छिमेकी मुलुकमा अरब–अरब जनसंख्या छ। त्यसकारण नागरिकतामा हामी उदार हुन सक्दैनौं,’ उनले भने,‘सिन्दूरसँगै नागरिकता साट्ने कुरालाई मुलुकले निरन्तर लान सक्दैन। त्यसकारण राष्ट्रियतामा आँच आउने गरी सरकारलाई विधेयक नल्याउन आग्रह गर्दछु।’

यो जनताको सरकार हैनः निरुदेवी पाल
एमाले सांसद निरुदेवी पालले संसदीय समितिमा लामो छलफल गरेर पारित गरेको विधेयकलाई अगाडि बढाउनु पर्नेमा सरकारले फिर्ता गर्ने कुराले यो सरकार बिचौलियाको हो भन्ने पुष्टि भएको आरोप लगाइन्ु। यो सरकार जनताको पनि नरहेको उनको टिप्पणी छ। 

‘धेरै समय लगाएर राज्य व्यवस्था समितिले नागरिकता विधेयक पास गरेको थियो। तर छलफल गरेर पास गर्नुको साटो उक्त विधेयक फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गर्‍यो,’ उनले भनिन्, ‘यस्ता संवेदनशील विषयहरू सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्थ्यो यदि जनताको सरकार हुन्थ्यो भने तर यो विचौलिया र हुनेखानेको मात्र सरकार रहेछ।’

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
सम्बन्धित सामग्री
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्