• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक फिर्ताबारे सांसदहरुको प्रश्न–जनतासामु कुन मुख लिएर भोट माग्न जानुहुन्छ? 

64x64
नेपाल लाइभ बिहीबार, असार २३, २०७९  १९:३९
1140x725

काठमाडौं–२०७५ साउन २८ गते पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाएको नागरिकता विधेयकका प्रावधानका विषयमा विभिन्न विवाद सिर्जना भए। राज्य व्यवस्था तथा सुशासन समितिमा दर्जनौ छलफल भए। तत्कालीन केपी ओली सरकारले एक वर्षअघि अध्यादेशको रुपमा जारी गरे पनि सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दियो। 

यहीबीचमा गत असार ८ गते सत्ता गठबन्धनको बैठकले विधेयक अगाडि बढाउने निर्णय गरेपछि लामो समय अड्किएर बसेको विधेयक अघि बढ्ने धेरैको अपेक्षा थियो। नागरिकताविहीनहरुमा नागरिकता पाउने आशा पलाएको थियो। 

तर, यही असार २१ मा बसेको मन्त्रिपरिषद्ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक नै फिर्ता लिने निर्णय गर्‍यो।

सत्तारुढ गठबन्धनबीचको सहमतिपछि विधेयक फिर्ता लिने निर्णय भएको बताइएको छ। लामो गृहकार्य र बहसपछि प्रतिनिधिसभामा पुगेको विधेयक नै फिर्ता लिने सरकारको कदमको विरोध हुन थालेको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले सरकारप्रति आक्रोश पोखे।

यद्यपि कानुनमन्त्री गोविन्द कोइरालाले चाँडै नै अर्को विधेयक संसदमा टेबल गरिने बताएका छन्।

बिहीबारकोे प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा उक्त विधेयक फिर्ता लिने विषयलाई राखिएको थियो। तर अन्तिम कार्यसूचीमा उक्त विषयलाई राखिएन। 

नागरिकता विधेयक फिर्ता लिने निर्णयले राज्यले यसबीचमा गरेको बौद्धिक–आर्थिक लगानी पनि व्यर्थ भएको छ। 

‘जनताको छोराछोरीले कहिले न्याय पाउँछन्’ 
माओवादी केन्द्रकी सांसद दिलकुमारीले जनताका छोराछोरीले कहिले नागरिकता पाउँछन् भनेर सरकारसँग  प्रश्न गरेकी छन्। उनले बाबुआमा नेपाली नागरिक तर छोराछोरी गैरनागरिक रहेकाले यस्तो अवस्था कहिले अन्त्य हुने भनेर पनि प्रश्न गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नागरिकता विधेयक संसदमा कहिले पेस हुन्छ? कहिले जनताका छोराछोरीले नागरिकता पाउँछन्? कहिले न्याय पाउँछन्?’ उनको प्रश्न थियो,‘कस्तो दुर्भाग्य छ, बाबुआमा नेपाली नागरिक, छोराछोरी गैरनेपाली नागरिक, कसरी हुन्छ सभामुख महोदय?’

उनले नेताहरूलाई लक्षित गर्दै यस्तो अवस्थामा कुन मुख लिएर भोट माग्न जानुहुन्छ भनेर सोधेकी थिईन्। उनले भनिन्, ‘माननीयको समय सकिँदैछ, नेताहरू जनतासामु कुन मुख लिएर भोट माग्न जानुहुन्छ?’ 

उनले छिटो विधेयक ल्याएर नागरिकताको विषयमा उठेको मुद्दालाई हल गर्न आग्रह गरिन्। 

राष्ट्रियतामा आँच आउने खालको विधेयक नल्याईयोस् : नवराज सिलवाल
एमाले सांसद नवराज सिलवालले योग्य नागरिकले नागरिकता पाउनु पर्ने, तर अहिले फिर्ता गरेर नयाँ ढंगले ल्याए आफूहरूलाई मान्य नहुने बताएका छन्।

‘राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर संसदमा ल्याएको विधेयकलाई सरकारले फिर्ता लिने भन्ने कुरा आएको छ,’ उनले भने,‘योग्य नागरिकले नागरिकता पाउनु पर्छ, त्यो हाम्रो पनि माग हो। तर विदेशीको चाहना पूरा गर्न राष्ट्रियतामा आँच आउने गरी नयाँ ढङ्ले व्यवस्था गरेर नागरिकता विधेयक लिएर आउने विषय मान्य हुन सक्दैन।’

सिलवालले दुई विशाल छिमेकी रहेकाले नागरिकताको विषयलाई उदार रुपमा नलिन आग्रह गरे। ‘हाम्रा छिमेकी मुलुकमा अरब–अरब जनसंख्या छ। त्यसकारण नागरिकतामा हामी उदार हुन सक्दैनौं,’ उनले भने,‘सिन्दूरसँगै नागरिकता साट्ने कुरालाई मुलुकले निरन्तर लान सक्दैन। त्यसकारण राष्ट्रियतामा आँच आउने गरी सरकारलाई विधेयक नल्याउन आग्रह गर्दछु।’

यो जनताको सरकार हैनः निरुदेवी पाल
एमाले सांसद निरुदेवी पालले संसदीय समितिमा लामो छलफल गरेर पारित गरेको विधेयकलाई अगाडि बढाउनु पर्नेमा सरकारले फिर्ता गर्ने कुराले यो सरकार बिचौलियाको हो भन्ने पुष्टि भएको आरोप लगाइन्ु। यो सरकार जनताको पनि नरहेको उनको टिप्पणी छ। 

‘धेरै समय लगाएर राज्य व्यवस्था समितिले नागरिकता विधेयक पास गरेको थियो। तर छलफल गरेर पास गर्नुको साटो उक्त विधेयक फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गर्‍यो,’ उनले भनिन्, ‘यस्ता संवेदनशील विषयहरू सरकारले गम्भीरतापूर्वक लिनुपर्ने हुन्थ्यो यदि जनताको सरकार हुन्थ्यो भने तर यो विचौलिया र हुनेखानेको मात्र सरकार रहेछ।’

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो
रास्वपाको सचिवालय बैठक जारी
सम्बन्धित सामग्री
रास्वपाको सचिवालय बैठक जारी पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो । बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र नसक्नेले कम्तीमा विपत्तिको समयमा कटु... बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कहाँबाट जाने ? विभागले देखायो वैकल्पिक बाटो बिहीबार, भदौ १८, २०८३
रास्वपाको सचिवालय बैठक जारी बिहीबार, भदौ १८, २०८३
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्