• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नागरिकता विधेयकका चार वर्ष

नागरिकताविहीनको प्रतीक्षा अझै लम्बियो, समय र बौद्धिक–आर्थिक लगानी पनि व्यर्थ

64x64
किशोर दहाल बुधबार, असार २२, २०७९  १५:४९
1140x725

काठमाडौं– गत असार ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको थियो। बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए– ‘प्रधानमन्त्रीले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ। अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक तर उनका सन्तानहरु नागरिकताविहीन भइरहेको अवस्था छ। यसलाई अन्त्य गर्नका निम्ति अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ।’

यस किसिमको औपचारिक निर्णय हुनुअघि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकता विधेयक केही दिनभित्रै अगाडि बढाउने प्रतिबद्धता गर्ने गरेका थिए।

त्यसैले केही दिनभित्रै विधेयक अघि बढ्ने र पारित हुने अपेक्षा धेरैको थियो। त्यसकै लागि उच्चस्तरका भेट पनि भइरहेका थिए। तर, यस्ता भेटघाटले सार्थकता पाएन। बरु सत्ताको नेतृत्व गरिरहेका प्रमुख दुई पार्टीका शीर्ष नेताको सार्वजनिक प्रतिबद्धतासमेत स्वयंबाट लत्याइएको छ।

सत्ता गठबन्धनले औपचारिक निर्णय गरेको दुई हप्ता पनि नबित्दै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संसद्मा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो। यससँगै चार वर्षयतादेखि चर्चामा रहेको नागरिकता विधेयक नयाँ चरणमा प्रवेश गरेको छ। यद्यपि, तत्कालै अर्को विधेयक ल्याउने तयारी रहेको कानुनमन्त्री गोविन्द बन्दीको भनाइ छ। ‘तत्कालै नयाँ विधेयक दर्ता गर्छौं’, उनले भने।

नयाँ विधेयक दर्ता भएपछि त्यसले समितिमा पनि समय बिताउनुपर्ने र यसअघि सल्टिएका कतिपय विवाद पुनः बल्झिन सक्ने भएकाले नागरिकता विधेयक प्रतिनिधि सभाको यो कार्यकालमै टुंगो लाग्ला कि नलाग्ला भन्ने अन्योल बढेको छ।

यद्यपि, मन्त्री बन्दी भने नयाँ आउने विधेयकमा मत नबाझिने बताउँछन्। ‘राज्य व्यवस्था समितिबाट नागरिकता जस्तो विषयको विधेयक अल्पमत र बहुमत गरेर अगाडि आयो’, उनले भने, ‘त्यसलाई अगाडि बढाउँदा त्यसैगरी अल्पमत र बहुमतमा लैजानुपर्ने हुन्छ। सहमतिमा पास हुँदैन। त्यसैले सबै सहमत भएको विषयलाई समेटेर छुट्टै विधेयक ल्याऔं, जसमा मत बाझ्नुपर्दैन।’

नागरिकता विधेयकको बक्र रेखा

फिर्ता लिने निर्णय गरिएको नागरिकता विधेयकको यात्रा सुरु हुन्छ, २०७५ साउन २२ बाट। त्यसदिन संसद् सचिवालयमा दर्ता भएको सो विधेयक साउन २८ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। २९ गते सामान्य छलफल भई २०७५ भदौ ५ गते राज्य व्यवस्था समितिमा पुगेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

समितिले विवादको विषय टुंग्याउन उपसमितिसमेत गठन गर्यो। १५ दिनका लागि भनेर २०७५ चैत ७ गते गठन भएको भएको उपसमितिले २०७६ भदौ १० मा आफ्नो प्रतिवेदन बुझायो। तर, उपसमितिले पनि विवादको मुख्य विषय वैवाहिक अंगीकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने विषय टुंगो लगाउन सकेन। अन्य विषयमा सहमति जुटेकाले यही विषय नै सर्वाधिक पेचिलो बनेको थियो।

ऐन बनेपछि नागरिकता पाउँला भनेर बसेका नागरिकताविहीन नागरिकले यो विधेयकको प्रतीक्षा गरे नै, विधेयकमा प्रभाव पार्न सक्ने दल र सांसदहरुले पनि यसलाई दाउपेचको विषय बनाए। समितिमा मात्रै होइन, दलका आन्तरिक बैठकमा पनि यो विषय चासोको विषय बन्यो। 

प्रतिनिधि सभाको तत्कालीन शक्ति समीकरणमा सबैभन्दा ठूलो दल नेकपाको सचिवालय बैठकमा २०७७ असार ६ गते यो विधेयकमाथि छलफल भएको थियो। सोही बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै नेपाली नागरिकता दिने निर्णय गर्यो। सोही अनुसार नै राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट प्रतिवेदन पास गरेको थियो।

राज्य व्यवस्था समितिबाट २०७७ असार ७ गते बहुमतबाट विधेयक प्रतिवेदन पारित हुँदा कांग्रेस र जसपाले फरक मत राखेका थिए। संसद्बाट पनि बहुमतबाटै पारित गर्ने सत्तापक्षको तयारी थियो। त्यसलाई रोक्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरुलाई निर्देशन नै दिएका थिए। 

२०७७ असार १ गते उनले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बोलाएर सरकारले विधेयकलाई बहुमतको आडमा पारित गर्न खोजेको भन्दै पार्टीको अडान अनुसार विधेयकमा संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिएका थिए।

एमाले सांसद तथा राज्यव्यवस्था समिति सदस्य विजय सुब्बा वैवाहित अंगीकृतको सात वर्षे प्रावधानलाई परिवर्तन गर्न विधेयकै फिर्ता लिने निर्णय गरिएको दाबी गरे। ‘प्रतिनिधि सभा वा राष्ट्रिय सभामा त्यही सात वर्षे प्रावधानमाथि छलफल गरेको भए हुन्थ्यो। त्यही मात्रै अजेन्डामा केन्द्रित भएर छलफल हुन्थ्यो। त्यसमा विचार बनाउँदा भइहाल्थ्यो’, उनले भने, ‘त्यो सात वर्षे प्रावधानमा छलफल नै गर्नु नपरोस् भनेर बोटै मासेको हो के। मुख्य कुरा यही हो।’

विधेयक प्रतिवेदन २०७७ असार ९ गते प्रतिनिधि सभाको पूर्ण बैठकमा पेस भयो। तर, त्यतिबेला यसलाई पारित गर्नमा जोड दिइएन। बरु, दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ९ गते नागरिकता अध्यादेश जारी गरे। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

समितिबाट विधेयक प्रतिवेदन पारित गर्दा र अहिले संसद्भित्रको शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ। तत्कालीन नेकपा मूल रुपमा तीन टुक्रा भएको छ। फरक मत राख्ने तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्ताको नेतृत्व गरेको छ। फरक मत राख्ने अर्को दल जसपा पनि विभाजन भई एक पक्ष सरकार र अर्को पक्ष प्रतिपक्षमा पुगेको छ।

समय, बौद्धिक लगानी र सांसद भत्ता व्यर्थ

नागरिकता विधेयकले २०७५ साउनदेखि २०७९ साउनसम्म चार वर्ष विचाराधीन रह्यो। करिब दुई वर्ष समितिको छलफलमा बित्यो र बाँकी समय प्रक्रिया अगाडि बढ्ने प्रतीक्षामा विचाराधीन रह्यो। मंगलबारको मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिएपछि महत्त्वपूर्ण समितिको समय मात्रै खेर गएन, ठूलो आर्थिक र बौद्धिक लगानी पनि खेर गएको छ।

यस विधेयकमा छलफल गर्नका लागि राज्य व्यवस्था समितिको बैठक नै ३५ वटा बसेका थिए। उपसमितिका पनि कैयौँ बैठक बसेका थिए। ती बैठकहरु कतिपय अवस्थामा चार÷पाँच घण्टासम्म लम्बिएका थिए। तर, यो श्रम सबै व्यर्थ भएको छ।

अर्कोतिर, संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार समिति बैठकमा सहभागी बापत सदस्य (सांसद)हरुले दुई हजार भत्ता पाउँछन्। त्यसमध्ये एक हजार बैठक भत्ता र एक हजार यातायात सुविधा अन्तर्गत हो। ऐनमा सदन र समितिको बैठक एकै दिन बसेको बेलामा भने एक दिनको भत्ता दिइने तर, सदन र समितिको बैठक बापत छुट्टाछुट्टै भत्ता नदिइने उल्लेख छ। तर, ‘भत्ताकै लागि’ समितिले आफ्नो बैठक सदनको बैठकसँग खासै जुधाउँदैनन्।

राज्य व्यवस्था समितिमा २७ जना सदस्य थिए। यो महत्त्वपूर्ण र चर्चित विधेयक भएकाले अधिकांश सांसदको उपस्थिति हुनेगथ्र्यो। २७ जना सांसद्ले एक पटकको बैठकमा दुई हजारको दरले ५४ हजार पाउँछन्। ३५ वटा बैठकको एकमुस्ट हिसाब गर्दा १८ लाख ९० हजार रुपैयाँ भत्तामा मात्रै खर्च भएको देखिन्छ। यद्यपि, सबै सांसद सधैं उपस्थिन नहुने, प्रतिनिधि सभाको पूर्ण बैठकसँग समितिको बैठक जुधेको हुनसक्ने जस्ता प्राविधिक विषयलाई पनि ध्यान दिँदा भत्ता बापतको खर्च कम भएको हुनसक्छ। तर, उल्लेखित खर्चले विधेयकलाई समितिबाट टुंग्याउँदाको मोटामोटी खर्चको विवरण भने दिन्छ।

सांसदमाथि गरिने अन्य लगानी, विधेयकमाथि छलफल गर्दाको समय, बौद्धिक कसरत, कतिपय विज्ञ र सरोकारवालालाई दिइने शुल्क, मसलन्ददेखि विभिन्न व्यवस्थापकीय खर्च लगायत सबै विषय जोड्ने हो भने धेरै किसिमको लगानी व्यर्थ भएको छ। मन्त्रालयबाट विधेयक उत्पत्ति हुँदादेखिको खर्च जोड्ने हो भने एउटै विधेयकमाथि लाग्ने खर्च करोडको हाराहारीमा पुग्ने जानकारहरु बताउँछन्।

एमाले सांसद सुब्बा विधेयक फिर्ता लिँदा समय, श्रम र सीप सबै खर्च व्यर्थ भएको बताउँछन्। ‘यो सबै दुरुपयोग गर्ने काम भएको छ। यो संसद् चलाउनेहरुको नालायकी हो’, उनले भने।

पारित हुने प्रक्रियामा प्रतीक्षामा रहेको विधेयकलाई फिर्ता गरिनु सरकारको गैरजिम्मेवारपन भएको बताउँछन्, सुब्बा। ‘सरकार र संसद् आ–आफ्नै बाटोमा हिँड्ने हो। तर ती दुवै मिलेर देश चलाउने हो। ऐन कानुन बनाउने हो। तर अहिले जे गरियो, अब यो विल्कुल गलत भएको छ’, नागरिकता विधेयकमा सहमति खोज्न राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहेका उनले भने।

संसद् सचिवालयका एक जना अधिकारी समितिले मिहेनत गरेर पारित गरेका विधेयकलाई सदनबाटै अगाडि बढाउनु उचित हुने बताए।

अनेक प्रयत्नपछि अघि बढ्यो नागरिकता विधेयक

दुई विधेयक फिर्ता : समय, बौद्धिक लगानी र सांसद भत्तामा भएको लाखौं खर्च व्यर्थ

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदक... आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्