• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेक प्रयत्नपछि अघि बढ्यो नागरिकता विधेयक

64x64
नेपाल लाइभ आइतबार, असार ७, २०७७  २०:५७
1140x725

काठमाडौं- ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आएको झन्डै दुई वर्षपछि अघि बढेको छ। समितिको आइतबार बसेको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।

विधेयकमाथि समितिका झन्डै तीन दर्जन बैठकमा छलफल भएको छ। 

विधेयकमाथि ५९ जना सांसदहरुको १ सय २ वटा संशोधनहरु परेका थिए। अन्य धेरै विषयलाई सहमतिमै टुंग्याए पनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा सहमति जुटाउन सकेको थिएन। विवादित विषयमा दलीय सहमति जुटाउन प्रयत्नका कारण विधेयक दुई वर्षसम्म समितिमै रुमल्लिएको थियो।

विधेयकका विवादित विषयमा सहमति जुटाउन ०७५ चैत ७ गते विजय सुब्बाको नेतृत्वमा ७ सदस्य उपसमिति गठन भएको थियो। उपसमितिले पाँच महिनाभन्दा बढी समय लगाएर विवादित विषयलाई थाती राख्दै प्रतिवेदन बुझायो।

रोचक त के छ भने गत २०७६ भदौ २८ मा बसेको समिति बैठक केही बेरका लागि स्थगित भएपछि एकैपटक २०७७ असारमा बस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

विधेयकमा दलहरुबीच मिल्न नसकेका मुख्य दुई थिए। पहिलो, नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई कहिले नागरिकता दिने? दोस्रो, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने कि नदिने? दिए कहिले दिने?

कांग्रेस तथा राजपाको ‘नागरिकता ऐन, ०६३’ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने तर्क थियो। सो दफा ५(१) मा भनिएको छ-  ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ।’

गत मंगलबार बसेको समितिको बैठकमा सचिवालयको तर्फबाट नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव गरियो। जुन नेकपाका सांसदहरुको लाइन थियो। बैठकमा कांग्रेसका सांसदहरुले पार्टीसँग छलफलका लागि एक दिनको समय मागे। बुधबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले दलीय सहमतिका लागि समय मागे। पाँच दिन समय पाए।

Xtrem
Xtrem

आइतबार बैठक बस्नुअघि नै दलीय धारणा स्पष्ट भएको थियो। नेकपाको शनिबारको सचिवालय बैठकले सात वर्षपछि नागरिकता दिनुपर्ने निर्णय गरेको थियो। कांग्रेसको शीर्ष नेतृत्वको बैठकले पनि २०६३ सालको ऐनकै प्रावधानलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो। नेकपाले भनेजस्तै प्रावधानसहितको विधेयक पारित गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने कांग्रेसको निर्णय थियो।

आइतबारको बैठकबाट समितिले विधेयक पारित गर्‍यो। कांग्रेस, जसपा तथा नेमकिपाले नोट अफ डिसेन्ट राखे।

नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई नागरिकता दिने विषय भने छलफलमै सिमित रह्यो।

समितिका छलफलहरुः
०७५–०६–१९ एफ डब्लुएलडीका प्रतिनिधिहरुसँग छलफल
०७५–०८–०२ नागरिकता विधेयकलाई अगाडि बढाउन समितिका सदस्यहरुसँग छलफल
०७५–०८–०९ नागरिकता विधेयकमाथि दफावार छलफल प्रारम्भ
०७५–०८–१२ संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल
०७५–०८–१४ संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल
०७५–०८–२१ संशोधनकर्ता सांसदहरु, निलहिरा समाज र गोरखा भुतपूर्व सैनिक (गेसो) सँग छलफल
०७५–०९–१२ गैरआवासीय नेपालीसँग छलफल
०७५–०९–१३ राष्ट्रिय जागरण परिषद्सँग छलफल
०७५–१०–१० संशोधनकर्ता सांसदहरुहरुसँग छलफल
०७५–१०–१३ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१४ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१५ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१६ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१८ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–२० संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–२१ संशोधनकर्ता सांसदहरुसँग छलफल 
०७५–११–१२ समितिमा छलफल
०७५–११–१५ दफावार छलफल
०७५–११–२१ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल  
०७५–११–२३ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–११–२६ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–११–३० प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–१ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–५ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–७ सहमति हुन बाँकी विषयमा सहमति कायम गर्न उपसमिति गठन
०७६–०५–१७ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–०५–२३ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–०५–२५ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–५–२६ विधेयकका सम्बन्धमा छलफल
०७६–५–२७ विधेयकका सम्बन्धमा छलफल
०७६–०५–२८ नागरिकता विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल
२०७७- ०३- २ समिति सचिवालयद्वारा विवादित विषयमा प्रस्ताव प्रस्तुत, कांग्रेसद्वारा एक दिन समय माग
२०७७-०३-३ गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा राजनीतिक सहमति जुटाउन समय माग, पाँच दिन उपलब्ध
२०७७-०३-७ विधेयक बहुमतबाट पारित, कांग्रेस लगायतको फरक मत

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्