• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेक प्रयत्नपछि अघि बढ्यो नागरिकता विधेयक

64x64
नेपाल लाइभ आइतबार, असार ७, २०७७  २०:५७
1140x725

काठमाडौं- ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आएको झन्डै दुई वर्षपछि अघि बढेको छ। समितिको आइतबार बसेको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो।

विधेयकमाथि समितिका झन्डै तीन दर्जन बैठकमा छलफल भएको छ। 

विधेयकमाथि ५९ जना सांसदहरुको १ सय २ वटा संशोधनहरु परेका थिए। अन्य धेरै विषयलाई सहमतिमै टुंग्याए पनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा सहमति जुटाउन सकेको थिएन। विवादित विषयमा दलीय सहमति जुटाउन प्रयत्नका कारण विधेयक दुई वर्षसम्म समितिमै रुमल्लिएको थियो।

विधेयकका विवादित विषयमा सहमति जुटाउन ०७५ चैत ७ गते विजय सुब्बाको नेतृत्वमा ७ सदस्य उपसमिति गठन भएको थियो। उपसमितिले पाँच महिनाभन्दा बढी समय लगाएर विवादित विषयलाई थाती राख्दै प्रतिवेदन बुझायो।

रोचक त के छ भने गत २०७६ भदौ २८ मा बसेको समिति बैठक केही बेरका लागि स्थगित भएपछि एकैपटक २०७७ असारमा बस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

विधेयकमा दलहरुबीच मिल्न नसकेका मुख्य दुई थिए। पहिलो, नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई कहिले नागरिकता दिने? दोस्रो, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने कि नदिने? दिए कहिले दिने?

कांग्रेस तथा राजपाको ‘नागरिकता ऐन, ०६३’ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने तर्क थियो। सो दफा ५(१) मा भनिएको छ-  ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ।’

गत मंगलबार बसेको समितिको बैठकमा सचिवालयको तर्फबाट नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव गरियो। जुन नेकपाका सांसदहरुको लाइन थियो। बैठकमा कांग्रेसका सांसदहरुले पार्टीसँग छलफलका लागि एक दिनको समय मागे। बुधबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले दलीय सहमतिका लागि समय मागे। पाँच दिन समय पाए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आइतबार बैठक बस्नुअघि नै दलीय धारणा स्पष्ट भएको थियो। नेकपाको शनिबारको सचिवालय बैठकले सात वर्षपछि नागरिकता दिनुपर्ने निर्णय गरेको थियो। कांग्रेसको शीर्ष नेतृत्वको बैठकले पनि २०६३ सालको ऐनकै प्रावधानलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो। नेकपाले भनेजस्तै प्रावधानसहितको विधेयक पारित गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने कांग्रेसको निर्णय थियो।

आइतबारको बैठकबाट समितिले विधेयक पारित गर्‍यो। कांग्रेस, जसपा तथा नेमकिपाले नोट अफ डिसेन्ट राखे।

नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई नागरिकता दिने विषय भने छलफलमै सिमित रह्यो।

समितिका छलफलहरुः
०७५–०६–१९ एफ डब्लुएलडीका प्रतिनिधिहरुसँग छलफल
०७५–०८–०२ नागरिकता विधेयकलाई अगाडि बढाउन समितिका सदस्यहरुसँग छलफल
०७५–०८–०९ नागरिकता विधेयकमाथि दफावार छलफल प्रारम्भ
०७५–०८–१२ संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल
०७५–०८–१४ संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल
०७५–०८–२१ संशोधनकर्ता सांसदहरु, निलहिरा समाज र गोरखा भुतपूर्व सैनिक (गेसो) सँग छलफल
०७५–०९–१२ गैरआवासीय नेपालीसँग छलफल
०७५–०९–१३ राष्ट्रिय जागरण परिषद्सँग छलफल
०७५–१०–१० संशोधनकर्ता सांसदहरुहरुसँग छलफल
०७५–१०–१३ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१४ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१५ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१६ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–१८ संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–२० संशोधनकर्ता सांसदहरुसँग छलफल
०७५–१०–२१ संशोधनकर्ता सांसदहरुसँग छलफल 
०७५–११–१२ समितिमा छलफल
०७५–११–१५ दफावार छलफल
०७५–११–२१ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल  
०७५–११–२३ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–११–२६ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–११–३० प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–१ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–५ प्रारम्भिक प्रतिवेदनको मस्यौदामाथि समितिमा छलफल
०७५–१२–७ सहमति हुन बाँकी विषयमा सहमति कायम गर्न उपसमिति गठन
०७६–०५–१७ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–०५–२३ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–०५–२५ नागरिकता विधेयक सम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन सम्बन्धमा छलफल
०७६–५–२६ विधेयकका सम्बन्धमा छलफल
०७६–५–२७ विधेयकका सम्बन्धमा छलफल
०७६–०५–२८ नागरिकता विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल
२०७७- ०३- २ समिति सचिवालयद्वारा विवादित विषयमा प्रस्ताव प्रस्तुत, कांग्रेसद्वारा एक दिन समय माग
२०७७-०३-३ गृहमन्त्री रामबहादुर थापा ‘बादल’द्वारा राजनीतिक सहमति जुटाउन समय माग, पाँच दिन उपलब्ध
२०७७-०३-७ विधेयक बहुमतबाट पारित, कांग्रेस लगायतको फरक मत

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्