काठमाडौं - स्वास्थ्य बीमा बोर्डले बिमित परिवारलाई बहिरंग (ओपिडी) सेवा मार्फत अधिकतम २५ हजारसम्मको उपचार सुविधा मात्र उपलब्ध गराउने निर्णय गरेको छ।
बोर्डले व्यवभार कम गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप दिगो बनाउने उद्देश्य सहित बीमा गरेका परिवारलाई एक आर्थिक वर्षमा २५ हजारसम्मको उपचार सेवा मात्र उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त निर्णय फागुन १ गतेदेखि लागू हुनेछ। प्रति परिवार (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार र प्रत्येक थप एक सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा नियमावली अनुसूची ६ बमोजिम आठ प्रकारका कडा तथा दीर्घ रोगहरुको उपचारको विषयमा भने हाल व्यवस्था भए अनसार नै हुने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।