काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पोलिटब्युरो सदस्यको सूची प्रस्तुत गरेसँगै माओवादी केन्द्रमा विवाद देखिएको छ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यहरुको नाम प्रस्तुत गरेका थिए।
तर केन्द्रीय सदस्यहरुले पोलिटब्युरो चयनको मापदण्डबारे प्रश्न गरेपछि विवाद देखिएको छ।
कर्णालीलगायतका क्षेत्रबाट पोलिटब्युरोमा चयन भएको मापदण्डबारे प्रश्न उठेपछि प्रचण्डले बैठक १ घण्टाका लागि स्थगित गरेका हुन्।
कतिपय महत्त्वपूर्ण नेताहरु सूचीमा न अटाएको भन्दै केन्द्रीय सदस्यहरुले आक्रोश पोखेका थिए। त्यसपछि प्रचण्डले नेताहरुसँग छलफल गर्ने भन्दै बैठक १ घण्टाका लागि स्थगित गरेका हुन्।
पोलिटब्युरोमा प्रचण्डले छोरी, बुहारी, भाइ र स्वकीय सचिवलाई पनि समेटेका छन्।
यो पनि पढ्नुस्
माओवादीको पोलिटब्युरोमा प्रचण्डले राखे छोरी, बुहारी र भाइ
माओवादीद्वारा पोलिटब्युरो गठन, यी हुन् प्रस्तावित नाम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।