काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पोलिटब्युरो घोषणा गरेका छन्।
काठमाडौंमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा बिहीबार प्रचण्डले पोलिटब्युरो सदस्यहरुको नाम वाचन गरेका हुन्।
जसमा प्रचण्डले छोरी, बुहारी, भाइ र स्वकीय सचिवलाई समेत समेटेका छन्।
प्रचण्डले घोषणा गरेको सूचीमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रतिनिधि सभा सदस्यसमेत रहेकी बुहारी बीना मगर, राष्ट्रिय सभा सदस्य रहेका भाइ नारायण दाहाल र स्वकीय सचिव रहेका रमेश मल्ललाई समेटेका छन्।
पहिलो दिनको बैठकमा अर्की छोरी गंगा दाहाल र ज्वाइ जीवन आचार्यलाई प्रचण्डले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
प्रचण्डमाथि परिवारवाद हाबी भएको भन्दै पार्टी नेता कार्यकर्ताले आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।