काठमाडौं– रामेछापमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ।
रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो। २१ जना घाइते भएका थिए।
दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका–४ की २६ वर्षीया समृता तामाङ रहेका छन्।
यस्तै, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन्।
उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ, ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–९ की ३५ वर्षीया धनमाया तामाङ रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १२ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।