काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपपालिका–५ स्थिति फर्पिङ चेकपोस्टबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना३४प ५५७० नम्बरको १५० सीसीकाे पल्सर मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट सिरियल नम्बर झ७३६३६७०३, झ१९७९१४४४ र झ३७५३०६६९ हजार दरको नेपाली नक्कली रुपैयाँ २७ थान फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरीया गाउँवापलका–३ बंगलवा बस्ने २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादव रहेका छन्। ठाकुर भने मोटरसाइकल चालक रहेको प्रहरीले बताएको छ।
उनीहरुविरुद्ध मुलुकी अपराध सहिंता २०७४, परिच्छेद – २२ को मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।