काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्ने भएको छ। मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रच'ण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन्।
प्रचण्डले आइतबार प्रस्तु गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले विभिन्न प्रश्न उठाएका छन्। यनले त्यसैमाथि स्पष्टीकरण दिनेछन्।
माओवादीभित्र पदाधिकारी र स्थायी कमिटी गठनको माग उठेको छ। अघिल्लो वर्ष पुसमा महाधिवेशन सकेको माओवादीले हालसम्म पदाधिकारी चयन गरेको छैन।
जारी केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिइएपनि स्थायी समिति र पोलिटब्यूरो गठन हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।