काठमाठौं– मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि आज सोमबारदेखि छलफल हुने भएको छ।
प्रदेश सभामा सोमबारदेखि आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो। प्रदेश सरकारले बजेट ल्याएको १९ दिनपछि त्यसमाथि छलफल सुरु हुँदैछ।
मधेस प्रदेश सरकारले यही असार १ गते ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।